मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीप र उमेश ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ बाट सम्मानित

news24nepal.tv · Wed Jun 24 08:53:04 GMT 2026

काठमाडौँ। शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्‍याउने दुई चर्चित खेल व्यक्तित्वलाई 'SCSMF Sports Award 2026' बाट सम्मानित गरेको छ।

मंगलबार काठमाडौँको कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित विशेष समारोहमा बरिष्ठ बक्सिङ खेलाडी एवं ओलम्पियन उमेश मास्के र स्टार क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान गरिएको हो। पुरस्कार स्वरूप दुवै जनालाई जनही रु २,५०,००० (दुई लाख ५० हजार) नगद र कदरपत्र प्रदान गरियो। सन् १९८० र १९८४ को ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका मास्केलाई बक्सिङ खेलको विकास, प्रवर्द्धन र संघको पूर्व नेतृत्वमा रहेर पुर्‍याएको आजीवन योगदानको कदर गर्दै सम्मानित गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)

सम्बन्धित विषय