प्रदेशसभा खारेजीको प्रस्तावप्रति जनअधिकार पार्टीको आपत्ति
baahrakhari.com · Wed Jun 24 08:59:00 GMT 2026

काठमाडौं । जनअधिकार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजीको प्रस्ताव गरेको भन्दै आपत्ति जनाएको छ । देशमा पूर्ण स्वायत्ततासहितको संघीयताको माग भइरहेको बेला रास्वपाको महाधिवेशनमा उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजीको प्रस्ताव गर्नु खेदजनक रहेको पार्टी अध्यक्ष शरदसिंह यादवले बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “प्रदेशसभा खारेज भनेकै संघीयता खारेजी हो, यो प्रष्ट छ । सीमान्तकृत मधेसी, थारु, आदिवासी,जनजाती र अल्पसंख्यकहरूको संघर्षले स्थापित संघीयता कसैको पेवा होइन, सबै अधिकार काठमाडौंमा ल्याउने दुस्साहस कसैबाट नहोस् अन्यथा यो दुईतिहाइको सरकारले अब हुने अधिकार प्राप्तिको आन्दोलन थेग्न सक्ने छैन ।”
संघीयतामाथि हुने कुनै किसिमको आक्रमणलाई विफल पार्न तराई मधेसका जनसमुदायलाई तयार रहन विज्ञप्तिमार्फत यादवले आह्वान गरेका छन् ।
#महाधिवेशन
#स्वर्णिम वाग्ले
#रास्वपा
#जनअधिकार पार्टी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ