गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु संक्रमण
nepalnews.com · Wed Sep 16 08:13:26 GMT 2026

गण्डकी। गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको संक्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। गत जुलाइपछि डेङ्गु संक्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए।
गत जेठ र असारमा ४१५ जनामा संक्रमण पुष्टि भएकामा साउनमा त्यो संख्या बढेर एक हजार २४७ पुगेको थियो। भदौ लागेयता ३८२ जनामा डेङ्गुको संक्रमण देखिएको छ। पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा संक्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)