बेपत्ता र शव नभेटिएकाहरूको प्रमाणीकरण कसरी ? जुरे पहिरो हुनसक्छ नजीर
onlinekhabar.com · Wed Sep 16 08:14:34 GMT 2026

३१ भदौ, काठमाडौं । रसुवागढीको बाढीपछि परिवारका सदस्य भेटिने आशा मारिसकेकाहरूले धार्मिक संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि समेत गरिसकेका छन् । त्यसपछि उनीहरूले बेपत्ता भएकाहरूको प्रमाणीकरण वा मृत्यु दर्ताका लागि स्थानीय तहका वडा कार्यालयहरूमा बुझ्न जान थालेका छन् ।
तर शव नभेटिएको र सनाखत हुन नसकेका मृतकका आफन्तहरूलाई वडा कार्यालयहरूले बेपत्ता वा मृतकको प्रमाणीकरण गर्न सकेका छैनन् । कानुनी रिक्तता भएका कारण जटिलता भएको भन्दै उनीहरूले लिखित रूपमा नै नीतिगत निर्णय हुनुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)