विपद् व्यवस्थापनका लागि संसदीय तहबाट सामूहिक पहल आवश्यकः सभापति कार्की
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति गणेश कार्कीले नेपालमा देखिने जलवायुजन्य तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि संसदीय तहबाट दृढ र सामूहिक पहलको खाँचो रहेको बताएका छन्।
बुधवार समितिको बैठकमा आफ्नो धारणा राख्दै सभापति कार्कीले मेलम्ची, कागबेनी र च्छोरोल्पाजस्ता घटनाहरूले नेपालले भोगिरहेको प्राकृतिक विपद्को गम्भीरतालाई अझ गहिरो रूपमा बुझ्न बाध्य बनाएको उल्लेख गरेका छन्। च्छोरोल्पा ताल फुट्न सक्ने सम्भावनाबारे नेपालीहरूले लामो समयदेखि सुन्दै र पढ्दै आए पनि त्यसबाट उत्पन्न हुन सक्ने विपद्को वास्तविक स्वरूप र विध्वंसको कल्पना भने पर्याप्त रूपमा नगरिएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)