डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने
ictsamachar.com

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ । ललितपुरस्थित द प्लाजा, पुल्चोकमा हुने ‘डिजिटल नेपाल कन्क्लेभ २०२६ इन एसोसिएसन विथ टिङटिङ एन्ड थर्ड फ्याक्टर एआई’मा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ ।
गत भाद्र ११ गते आयोजना हुने तय भएको कार्यक्रम रसुवामा आएको भीषण बाढी पहिरोका कारण स्थगित गरिएको थियो । स्थगित कार्यक्रमलाई थप परिमार्जन गरी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)