बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट
kendrabindu.com · Wed Jun 24 09:14:55 GMT 2026

काठमाडौं । नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ ।
तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ । साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ