मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक धकेलियाे

nepalpress.com · Wed Jun 24 09:14:57 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी गराएका हो।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक १२ गते १ बजे बस्नेछ।

सत्तारुढ दल रास्वपाको महाधिवेशनलाई केन्द्रित गरेर ६ दिन बैठक पछिलाई राखिएको थियो। तर रास्वपाको जारी महाधिवेशन लम्बिएपछि शुक्रवारलाई सारिएको हो। सिंगो मन्त्रिपरिषद्सहित रास्वपाका सांसदहरू अहिले चितवनमै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)