गाउँपालिका उपाध्यक्षका आमा–छोरा नै भ्रष्टाचारमा संलग्न, अख्तियारद्वारा मुद्दा दायर
canadanepal.com · Wed Sep 16 08:29:50 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेको आरोप लगाइएको छ । उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)