मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्‍यो

ratopati.com · Wed Jun 24 09:16:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ ।

असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो।

सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् ।

रास्वपाको असार ७ गतेबाट सुरु भएको बैठक आज सक्ने कार्यतालिका थियो । तर, नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय