मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सरकारसँग झण्डै साढे १० हजार रेबिजको खोप मौज्दात, कसरी गरिँदै छ खोप व्यवस्थापन ?

shilapatra.com · Wed Jun 24 09:19:24 GMT 2026

पछिल्लो समय रेबिजविरुद्धको खोप अभाव भइरहेको भए पनि सरकारसँग झण्डै साढे १० हजार भायल भ्याक्सिन मौज्दात रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । कुकुरलगायतका जनावरको टोकाइबाट सर्ने रेबिज भाइरसविरुद्धको खोप (एआरभी) विभागसँग हाल झण्डै साढे १० हजार भायल मौज्दात रहेको हो ।

नियमित प्रक्रियामार्फत खोप खरिदमा ढिलाइ हुँदा चाप बढे पनि खोप पूर्ण रूपमा रित्तिएको र अस्पताल आउनेहरूले लगाउनै नपाउने अवस्था भने नभएको विभागका निमित्त महानिर्देशक अनुज भट्टचनले बताए । उपत्यकामा टेकु अस्पताल अर्थात् शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कुकुरले टोकेर पुग्नेहरूले भ्याक्सिन पाइरहेका छन् । तर भ्याक्सिन अभाव भएपछि अहिले उपत्यकासहित देशभरका धेरैजसो सरकारी अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन नभएको भन्दै टेकु अस्पतालमै रेफर गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय