कोलम्बिया विश्वकपको नकआउट चरणमा
gorkhapatraonline.com · Wed Jun 24 09:27:10 GMT 2026

कोलम्विया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘के’ अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा फुटबल रङ्गशालामा बुधबार बिहान भएको खेलमा कोलम्वियाले कङ्गोलाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा कङ्गोलाई जिताउन ड्यानिएल मुनोजले ७६औँ मिनेटमा मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । कङ्गोको गोल फर्काएने प्रयास सफल भएन ।
लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको कोलम्विया शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको चार अङ्क छ । बुधबार बिहान नै भएको खेलका पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोलले हराएको थियो ।
जितसँगै पोर्चुगलले पनि नआउट सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको कङ्गाको एक अङ्क छ । लगातार दोस्रो हार खेपेको उज्बेकिस्तानले अङ्कको खाता खोल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
फिफा