प्रतिनिधि सभा बैठक भोलि नबस्ने
annapurnapost.com · Wed Jun 24 09:16:12 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको भोलिका लागि तय गरिएको बैठक नबस्ने भएको छ। संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बिहीबार बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणवश उक्त समयमा सञ्चालन हुन नसक्ने जनाएको हो।
सचिवालयका अनुसार अब प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
प्रतिनिधि सभा
काठमाडौँ