मुख्यमन्त्री बानियाँद्वारा गौरिटार क्रिकेट मैदानको उद्घाटन
ratopati.com · Sun May 31 13:57:37 GMT 2026
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री बानियाँले क्रिकेट मैदानको उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त मैदानको मुख्यमन्त्री बानियाँले शिलालेख अनावरण गर्दै उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले हेटौँडास्थित गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)