जुकरबर्गद्वारा एआई विकास सुस्त बनाउने आह्वानको प्रतिवाद
gorkhapatraonline.com · Wed Sep 16 08:42:43 GMT 2026

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानूनी दायित्वले कम्पनीलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा उहाँले मानिसले आफूले भनेको काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने भएकाले प्रयोगशालालाई आफ्ना प्रणाली मानिसको चाहना अनुकूल बनाउन बलियो प्रोत्साहन हुने उल्लेख गर्नुभयो । उहाँले एआई प्रणालीले मानिसको चाहना र निर्देशन अनुसार सही ढङ्गले काम गर्न सक्ने बनाउनुलाई सुरक्षित तथा भरपर्दो एआई विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)