रविको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय
nepalpress.com · Wed Sep 16 08:41:50 GMT 2026

काठमाडौं । राजनीतिक दलहरूको शीर्ष बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय गरेको छ । बैठकको निर्णय जानकारी गराउँदै रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायतका दल रहने बताए ।
‘बाढी गएकै भोलिपल्टै पार्टी सभापतिज्यूले सर्वदलीय संयन्त्रको बैठक आव्हान गर्नुभएको थियो । दिगो रूपमा समग्र विकास निर्माण र विपद् जोखिम न्यूनीकरणकरलगायतका काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ’, खरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)