भारतीय राजदूत श्रीवास्तवले गरे परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
annapurnapost.com · Wed Sep 16 08:35:04 GMT 2026

काठमाडौं : नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए।
परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)