ब्रिक्स निम्तोमा अनुपस्थितिले सरकारको कूटनीतिक असफलता देखायो: बलावती शर्मा
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण जनताले अस्पतालमा उपचारका लागि घण्टौँ लाइन बस्नुपर्ने र सास्ती भोग्नुपरेको गम्भीर गुनासो गरेकी छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले हालै घटेको बबिता पासवानको पीडादायी घटनालाई गतिलो उदाहरणका रूपमा प्रस्तुत गरिन्। नेपालको संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हकको सुनिश्चितता गरेको तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवालाई पूर्ण रूपमा अनिवार्य गरेको उल्लेख गर्दै उनले यी संवैधानिक र कानुनी व्यवस्था केवल कागजी कुरामा सीमित बनेको र व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन्। सामान्य आर्थिक अभावका कारण, अझ भनौं ७ सय रुपैयाँसमेत तिर्न नसक्दा अस्पतालको गेटबाहिरै आएर बच्चा जन्माउनुपर्ने लज्जास्पद र विडम्बनापूर्ण स्थिति सिर्जना हुनु राज्यका लागि अत्यन्त दुःखद भएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)