रास्वपाको महिला उपसभापतिमा अधिकारीको दाबी
rajdhanidaily.com · Wed Jun 24 09:38:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महिला उपसभापति पदमा लिमा अधिकारीले दाबी गरेकी छन् । प्रतिनिधिसभा सदस्य एवम् वर्तमान पार्टी कोषाध्यक्ष रहेकी अधिकारीले महिला उपसभापतिमा दाबी गरेकी हुन् । रास्वपामा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाइने व्यवस्था भए पनि महिला उपसभापति पदका लागि अधिकारीको नाम चर्चामा आइरहेको हो ।
महाधिवेशनमार्फत अधिकारीलाई सर्वसम्मत रूपमा उपसभापति चयन गराउने प्रयाससमेत भइरहेको बताइन्छ । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपा स्थापनाकालदेखि नै संगठन निर्माण, आर्थिक व्यवस्थापन तथा नीति निर्माणमा सक्रिय रहँदै आएकी छन् । कोषाध्यक्षका रूपमा उनले पार्टीको आर्थिक अनुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
प्रतिनिधि सभा
काठमाडौँ