रास्वपा महाधिवेशन लम्बिएपछि शुक्रबारका लागि सारियो संसद् बैठक
lokaantar.com

प्रतिनिधिसभा बैठक आगामी शुक्रबार बस्ने भएको छ ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचनामार्फत बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।
'मिति २०८३ असार ११ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिएसँगै संसद् बैठकको मिति परिवर्तन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)