मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

nepalbahas.com · Sun Apr 18 23:25:13 GMT 2021

६ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)