महँगीको मारमा जनता पर्दा सरकार उद्दण्ड भयो : सांसद प्रसाईं
ratopati.com · Wed Sep 16 08:51:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा उनले एकातर्फ देश विपत्तिको मारमा पिल्सिरहेको छ भने अर्कोतर्फ बजार उद्दण्ड हुँदा समेत सरकार मौन रहेको टिप्पणी गरे।
उनले आफ्नो सरकारको पालामा महँगीले अग्रगामी छलाङ मारेको भन्दै सरकारको तीखो आलोचना गरे। ‘प्याज, चिनी, चामल र तेलजस्ता अत्यावश्यक चिजको भाउ अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको केही फरक पर्दैन, तर सामान्य जनताको ढाड सेकिइसकेको छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)