राजदूत नियुक्तिमा भएको ढिलाइप्रति रास्वपाकै सांसद न्यौपानेको आपत्ति
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेले लामो समयदेखि विभिन्न मुलुकमा राजदूत पद खाली राखिएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले राजदूतका कुर्सीहरू खालि राखेर देशको कूटनीति बलियो हुन नसक्ने स्पष्ट पारेका छन्। मुलुकमा योग्यता, क्षमता र उच्च विज्ञता भएका इच्छुक तथा योग्य नेपाली नागरिकहरूको कुनै कमी नरहेको उल्लेख गर्दै उनले राजदूत नियुक्ति प्रक्रिया किन र कसले रोक्यो भन्दै सरकारसमक्ष कडा प्रश्न तेर्स्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)