रवि लामिछाने भन्छन्– प्रधानमन्त्री र मैले काम बाँडेका छौँ
baahrakhari.com · Wed Sep 16 08:53:15 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री र आफूबीच कामको बाँडफाँट भएको बताएका छन् । बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिजो र आजको कार्यशैलीमा फरक रहेको बताए ।
“हिजो त पार्टीको नेतृत्व, अध्यक्ष, सभापति प्रधानमन्त्री हुँदा एउटाले गर्ने हो । अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुब्लिकेसनको आवश्यकता पर्दैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)