मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपा गाउँपालिकाको बजेट ५५ करोड ३८ लाख

gorkhapatraonline.com · Wed Jun 24 09:44:28 GMT 2026

कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जनाउनुभयो ।

बजेटअनुसार चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपियाँ र पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपियाँ विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले पूर्वाधारतर्फ ११ करोड १८ लाख ५१ हजार, शिक्षातर्फ १५ करोड २४ लाख, सामाजिक विकासतर्फ १९ करोड ४३ लाख, कृषि क्षेत्रतर्फ २ करोड ५ लाख, खानेपानी तथा सरसफाइतर्फ ११ लाख र खेलकुदतर्फ १० लाख बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)