सत्ता पक्षकै सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
rajdhanidaily.com · Wed Jun 24 09:46:38 GMT 2026

बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बैठक सुरु भएलगत्तै सत्ता पक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि बैठक पुनः सञ्चालन हुन नसकेपछि सूचना जारी गर्दै बुधबारका लागि सारिएको थियो।
तर बुधबार पनि दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी गर्दै बैठक बिहीबारसम्मका लागि स्थगित गरेको छ।
यसअघि सोमबार पनि सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ समयमै प्राप्त नभएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो।
सम्बन्धित समाचार
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु
प्रधानमन्त्री टसमस नभएपछि पछि हटे विपक्षी
परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै
खण्डहर देउवा निवासमा अख्तियारले टाँस्यो म्याद
रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल र दीपक भट्टबीच व्यावसायिक साझेदारी !
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)