चक्रपथ दोस्रो खण्ड विस्तारः चार ठाउँमा अपांगमैत्री आकासेपुल
corporatenepal.com · Wed Jun 24 09:44:29 GMT 2026

काठमाडौं । चीनले काठमाडौं चक्रपथको नयाँ बसपार्क खण्डमा भायाडक्ट बनाउने भएको छ । चीनको ५६ करोड ६० लाख युआन अनुदान र उसकै प्राविधिक सहयोगमा चक्रपथको कलंकीदेखि बसुन्धारा सम्मको ८.२ किलोमिटर खण्ड स्तरोन्नती गरिदैं छ । त्यसमा नयाँ बसपार्क खण्डमा भायाडक्ट अर्थात् फ्लाईओभर बनाइनेछ । यसको लम्बाइ झण्डै ६ सय मिटर हुनेछ । सम्भवतः यो नै नेपालको पहिलो भायाडक्ट हुनेछ ।
चक्रपथको पूर्व क्षेत्रबाट माछापोखरी चोक हुँदै उत्तरतर्फ आउजाउ गर्ने गाडीहरूलाई लक्षित गरेर भायाडक्ट (फ्लाईओभर) बनाइनेछ । यो विष्णुमती नदी र त्यसको पूर्व पश्चिमको सडक खण्ड माथि हुनेछ । पिल्लर नै बनाएर भायाडक्ट राखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)