वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड
khabarhub.com · Wed Jun 24 09:47:20 GMT 2026

वीरगञ्ज
– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आज महानगरको २०औँ नगरसभामा आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल, सुशासनयुक्त महानगर, नागरिक–केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त स्थान, उद्यमशीलता र लगानीको केन्द्र, तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताए।
त्यसैगरी, आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रमले दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक तथा गुणस्तरीय शहरी पूर्वाधार निर्माण, सुरक्षित र व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा उद्यम विकास, लगानी तथा पर्यटन प्रवर्द्धन, सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको प्रमुख आलमले उल्लेख गरे।
साथै, महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि, प्रक्रियागत पुनसंरचनामार्फत सेवा प्रवाह सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोतसाधनको पारदर्शी र परिणाममुखी परिचालनलाई पनि विशेष जोड दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)