मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको महाधिवेशन लम्बिएपछि स्थगित भयो संसद बैठक

shilapatra.com · Wed Jun 24 09:47:00 GMT 2026

प्रतिनिधिसभाको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ ।

११ असारको बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अब १२ असारको दिउँसो १ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

रास्वपाको ९ असारबाट सुरु भएको मआधिवेशन १० असारमा सक्ने कार्यतालिका थियो । महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

१५:३२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)