प्रधानमन्त्रीलाई सर्वदलीय संवाद गर्न माधव नेपालको आग्रह
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान विपद्को गम्भीर परिस्थितिमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दलका शीर्ष नेताहरू र विषय विज्ञहरूसँग नियमित संवाद गरी स्पष्ट राष्ट्रिय धारणा निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले विपद् व्यवस्थापनजस्तो अति संवेदनशील राष्ट्रिय विषयमा सरकार केही पछि परेको जस्तो अनुभव भएको टिप्पणी गरेका छन्। जतिसुकै कार्यव्यस्तता भए पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दलहरूलाई बोलाएर परामर्श गर्ने र विज्ञहरूसँग छलफल गरेर आगामी प्रभावकारी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)