उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
baahrakhari.com · Fri Feb 28 17:41:17 GMT 2025

मुस्ताङ । उपल्लो मुस्ताङको उच्च लेकमा शुक्रबार बिहानदेखि हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन ।
उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् । चराङबाट माथि उत्तरी कोरला नाकासम्मको उच्च लेकमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । उच्च लेकमा हिमपात भएसँगै यहाँका डाँडाकाँडा सेताम्मे हुन थालेका उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)