मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

makalukhabar.com · Wed Jun 24 09:55:28 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पौडेलकी पत्नी निवेदक रहेको रिटमा उनलाई राजनीतिक प्रतिशोधका आधारमा बिना प्रमाण र आधार पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहाइको आदेश माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर लेनदेन प्रकरणमा मध्यस्थता गरेको आरोप सम्बन्धी बयानका आधारमा पौडेललाई पक्राउ गरिएको बताइएको छ । उनलाई मंगलबार सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरी रातारात काठमाडौं ल्याइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)

सम्बन्धित विषय