मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर

clickmandu.com · Wed Jun 24 09:58:07 GMT 2026

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।

पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाण वा कानुनी आधारबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश जारी गर्न माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको सेयर कारोबारमा चिनजान गराइदिएको भन्ने बयानका आधारमा पौडेललाई पक्राउ गरेको थियो । विभागले मंगलबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतबाट म्याद थपसमेत गरेको छ ।

पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो । त्यसपछि उनलाई रातारात सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं ल्याइएको

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय