मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

‘पर्यटनको प्रचार गर्ने डिजिटल माध्यमको नियमन रणनीति बनाऊ’

abhiyandaily.com

काठमाडौं (अस) । नेपालले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि प्रयोग गर्ने डिजिटल माध्यमको नियमन तथा अनुगमनका लागि रणनीति बनाउन सरोकारवालाले सुझाव दिएका छन् । प्रविधिको उच्चतम प्रयोग र सामाजिक सञ्जालमा आउने विषयवस्तु के कसरी प्रस्तुत गर्ने, के कुरा प्रचार नगर्ने भन्ने जस्ता पक्षमा ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिएका हुन् ।

नेपाल इकोनोमिक फोरमले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेफ टक’को ‘पर्यटनमा प्रविधिको युग’ शीर्षक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दनी लाहे थापाले प्रविधिको विकासले पर्यटनमा पनि अवसर र प्रचारप्रसारको शैलीमा परिवर्तन ल्याएको बताइन् । यसैगरी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)की निर्देशक राम्यता लिम्बुले पर्यटन प्रचारप्रसार र प्रवर्द्धनका लागि डिजिटल माध्यमहरू सस्तो र कम खर्चिलो हुने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)