रास्वपा महाधिवेशन– मन्त्री रामजी यादव 'खुल्ला मधेसी' कोटाबाट केन्द्रीय सदस्यको दौडमा
barnanmedia.com · Wed Jun 24 09:52:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'खुल्ला मधेसी' कोटाअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा चलिरहेको महाधिवेशनमा उनले बुधबार केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
चितवनमा असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा मनोनयन दर्ता गर्ने समयावधि अहिले सकिएको छ ।
यादवले आफूलाई मतदान गरी विजयी बनाउन महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग समर्थनको अपिल समेत गरेका छन् ।
यसैगरी, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)