अर्थ समितिबाट राष्ट्र बैंक विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
nepalnews.com · Wed Sep 16 09:10:46 GMT 2026

काठमाडौं। प्रतिनिधिसभा, अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पास गरेको छ।
अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसम्मत पास गरेको जानकारी दिए। उनले अर्थ समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)