प्रतिनिधिसभाको बैठकको मिति सर्यो, शुक्रबार बस्ने
nepalnews.com · Wed Jun 24 10:08:29 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको यही ११ असार बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही १२ असार शुक्रबारका लागि सरेको छ।
संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम १२ असार शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोकेको जानकारी दिएका छन्।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ। राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित ११ असारमा नै बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)