अर्थ समितिबाट राष्ट्र बैंकसम्बन्धी विधेयक पारित : गभर्नरको कार्यकाल ३ वर्ष, मौद्रिक नीति साउन १ गते
nagariknews.nagariknetwork.com · Wed Sep 16 09:28:00 GMT 2026

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। समितिको बुधबार बसेको बैठकले विधेयकमा केही महत्वपूर्ण विषयमा परिमार्जन गर्दै प्रतिवेदन पारित गरेको हो।
समितिले नेपाल राष्ट्र बैंकको उद्देश्यलाई थप स्पष्ट र संक्षिप्त बनाएको छ। त्यस्तै, गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हाल कायम पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने व्यवस्था गरिएको छ। कार्यसम्पादनका आधारमा उनीहरूलाई थप दुई वर्षका लागि पुनःनियुक्ति गर्न सकिने व्यवस्था पनि प्रतिवेदनमा समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)