सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको छ -रवि लामिछाने
kendrabindu.com · Wed Sep 16 09:29:26 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले सरकार आफ्नो नीति र जनउत्तरदायित्वअनुसार पारदर्शी ढंगले नतिजामुखी काम गरिरहेको बताएका हुन् । उनले लोकतान्त्रिक पार्टी भएकाले आफ्नै सरकारका कामकारबाहीबारे नेता तथा सांसदहरूले फरक–फरक शैलीमा धारणा वा आलोचनात्मक विचार आउनु स्वाभाविक भएको धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)