विष्णु पौडेलले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
kendrabindu.com · Wed Jun 24 09:51:11 GMT 2026

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।
राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गर्दै पौडेल पत्नीले रिट दायर गरेकी हुन् । पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलवार ७ दिनको म्याद थप गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ