एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद
khabarhub.com · Wed Sep 16 09:38:21 GMT 2026

एजेन्सी – मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा गति सुस्त बनाउनुपर्ने आवाजको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानुनी दायित्वले प्रविधि कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जुकरबर्गले एआई प्रणालीले प्रयोगकर्ताको निर्देशनअनुसार काम गर्न नसके वा गलत व्यवहार गरेमा मानिसले त्यस्ता प्रणाली प्रयोग गर्न छाड्ने बताए। त्यसैले आफ्ना एआई प्रणालीलाई मानिसको चाहना र निर्देशनअनुसार सही ढङ्गले काम गर्ने बनाउन कम्पनीहरूमाथि बलियो व्यावसायिक दबाब रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)