प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा जलदेवी सिमसार पार्क
gorkhapatraonline.com · Wed Sep 16 09:37:49 GMT 2026

धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा पर्यटकीय जलदेवी सिमसार पार्क निर्माण गरिएको छ । तर उक्त पार्क आवश्यक प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा परेको छ ।
धार्मिक तथा पर्यटकीय स्थलसमेत रहेको उक्त जलदेवी पार्क संरक्षण तथा निर्माणका लागि कोशी प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटसँगै जलदेवी सिमसार पार्कमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)