बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनका विषयमा बुधवार बसेको सर्वदलीय बैठकले आगामी एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र तथा विशेष संसदीय समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको बताएका छन्।
बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले बाढीबाट प्रभावित तथा बेपत्ता भएका नागरिकहरूको समस्याहरूलाई छिटो र कानुनी दायरामा ल्याएर सम्बोधन गर्न ‘सनसेट ल’ (Sunset Law) जस्ता विशेष कानुन ल्याउने विषयमा समेत गहन छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको कानुनी अवस्था, उनीहरूसँग जोडिएको जीवन बीमा, राहत दाबी तथा डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रियालाई सरल र प्रभावकारी बनाउन कानुनमार्फत नै सम्बोधन गर्नुपर्ने आवश्यकता बैठकमा उठेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)