सम्पर्कविहीनका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा
nepalnews.com · Wed Sep 16 09:38:10 GMT 2026

बाँके। भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका बाँकेका व्यक्तिका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा छन्। सास वा लाश केही फेला नपर्दा आफूले सामाजिक संस्कार समेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय तथा उनीहरूलाई भेट्न गएका १९ वर्षीय दीपक रोकाय बाढीपछि सम्पर्कविहीन भएको २२ दिन पुग्दा पनि कुनै सूचना प्राप्त गर्न नसक्दा पीरमाथि दुःख थपिएको अनलालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)