राष्ट्रपति-प्रधानमन्त्रीसहित विशिष्ट पदाधिकारीहरूको कति बढ्दैछ तलब ?
onlinekhabar.com · Sun May 31 14:53:50 GMT 2026

१७ जेठ, काठमाडौँ । सरकारले शुक्रबारको बजेट वक्तव्यबाट निजामती कर्मचारीहरूको तलब बढाउने घोषणा गर्यो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य वाचन गर्दै कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने बताए।
त्यसपछि उनले थपे, ‘कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।’ बजेट वक्तव्यअनुसार, कर्मचारीहरूले अहिले पाएको पाँच हजार रुपैयाँको महँगी भत्ता निरन्तर पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)