सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ-सभामुख अर्याल
nepalpress.com · Thu Jun 04 11:01:06 GMT 2026

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताएका छन् । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासन नै भएको बताए ।
सभामुख अर्यालले भने, ‘सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण पे्ररणा प्रदान गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)