मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगञ्ज उपमहानगरले ल्यायो एक अर्ब ७६ करोडको बजेट

nepalnews.com · Wed Jun 24 10:31:03 GMT 2026

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।

उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ। नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटी धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)