मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका

nepalsamaya.com · Sun May 31 15:03:28 GMT 2026

कटारी (उदयपुर)। यहाँको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो।

यसैबीच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले आजदेखि नगरको दमकलबाट पानी वितरण सुरु गरेको छ। “स्थानीयलाई गर्मीमा पिउने पानीको समस्या नहोस् भनेर दमकलबाट टोलटोलमा पानी वितरण सुरु गरेका छौँ”, नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले भने, “उपभोक्ता संस्था देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी पुर्‍याउन थालेका हौँ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)