लिभरपुलको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो
pahilopost.com · Sun Sep 19 00:08:10 GMT 2021
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले क्रिस्टल प्यालेसमाथि ३-० को सहज जित निकालेको हो।
खेलको ४३ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। यो सँगै मानेले लिभरपुलका लागि १०० औं गोल पनि पुरा गरे। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो गोल मोहम्मद सलाहले गरे। उनले खेलको ७८ औं मिनेटमा गोल गर्दा नाबी केइताले ८९ औं मिनेटमा गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)