भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने संसदीय समितिको निर्णय
ratopati.com · Wed Sep 16 09:50:02 GMT 2026

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ। बुधबार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो।
समिति सभापति ओजश्वी शेरचनले पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गर्ने जानकारी दिइन्। संसदीय परम्परा, अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ। नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)